Skip to Content
info@unp.org.np +977 9744484444 Central Office, Tripureshwor, Kathmandu

सुशासन, समृद्धि र सामाजिक न्यायका एजेन्डासहित राजापुर नागरिक कार्यक्रम सम्पन्न, २४६ जनाको पार्टी प्रवेश

कार्यक्रममा थरुहट थारुवान राष्ट्रिय युवा शक्तिका संयोजक सिताराम थारुले युवाहरु अब देशलाई सक्षम तरिकाले हाँक्न राजनितिमा आउनु पर्ने बताउनु भयो । उहाँले राजापुर नगरपालिका भित्रको कृषकको समस्याका समाधानका लागि बर्तमान सरकारले ध्यान दिनुपर्ने धारणा राख्नु भएको थियो ।
December 17, 2025 by
सुशासन, समृद्धि र सामाजिक न्यायका एजेन्डासहित राजापुर नागरिक कार्यक्रम सम्पन्न, २४६ जनाको पार्टी प्रवेश
Administrator

बर्दिया, पौष २ गते, उज्यालो नेपाल पार्टी जिल्ला कमिटीको आयोजनामा बर्दियाको राजापुरमा नागरिक कार्यक्रम सम्पन्न भएको छ । सयौंको सहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथ्यता उर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पुर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले गर्नु भएको थियो । कार्यक्रममा थरुहट थारुवान राष्ट्रिय युवा शक्तिका संयोजक सिताराम थारुले युवाहरु अब देशलाई सक्षम तरिकाले हाँक्न राजनितिमा आउनु पर्ने बताउनु भयो । उहाँले राजापुर नगरपालिका भित्रको कृषकको समस्याका समाधानका लागि बर्तमान सरकारले ध्यान दिनुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा उपस्थित उज्यालो नेपाल पार्टिका केन्द्रिय सदस्य रिमा विश्वकर्माले कलाकारहरुले पनि देशको बिकासका लागि राजनिती बुझ्नु पर्ने र राजनितीमा आउनु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो । प्रदेश सांसद धर्म बहादुर चौधरीले राजापुर सबैभन्दा पुरानो बजार र ऐतिहासिक ठाउँ रहेको बताउदै बर्दियाको बिकासका लागि सिंचाई व्यवस्था पहिलो प्राथमिकता हुनु पर्ने र राजापुर भन्सारको समेत अध्ययन गरेर सुचारु गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको थियो । प्रमुख अतिथी घिसिङले राजापुरको विकासका लागि सिंचाईसँग सम्बन्धित इन्टेक व्यवस्थापन, पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गुर्न भएको थियो । उहाँले देशको समृद्धीका लागि सहि व्यक्ती, सहि स्थान र सहि समयमा ब्यवस्थापन गर्न सकेमात्र आर्थिक समृद्धि सम्भव हुने धारणा ब्यक्त गर्नु भएको थियो । उज्यालो नेपाल पार्टीका केन्दिय सद्स्य तथा कार्यक्रमका सभापती सोम डेमनडौराले देशमा सुशासन कायम भए मात्र जनताको आर्थिक र सामाजिक अवस्था बदल्न सकिने र यसका लागि परिर्तनकारी सबै युवाहरु उज्यालो पार्टीमामा जोडिन आह्वान गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न दलका २४६ जनाले पार्टी परित्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए ।

in News