हाम्रो बारेमा
पार्टी परिचय
उज्यालो नेपाल पार्टी सुशासन, समृद्धि, सामाजिक न्याय र हरित क्रान्तिको अवधारणालाई केन्द्रमा राख्दै नयाँ राजनीतिक संस्कार र आर्थिक–सामाजिक रूपान्तरणको लक्ष्यसहित स्थापना भएको राजनीतिक शक्ति हो। नेपालको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र नागरिक सर्वोच्चतालाई मूल राजनीतिक आदर्श मान्दै पार्टीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपाली समाजको विविधतालाई सम्मान गर्ने प्रतिबद्धता राख्छ।
पार्टीले विधिको शासन, आवधिक निर्वाचन, मानव अधिकार, प्रेस स्वतन्त्रता, पारदर्शिता, जवाफदेहिता र उत्कृष्टतालाई लोकतान्त्रिक अभ्यासका आधारका रूपमा स्वीकार गरेको छ। व्यक्ति–केन्द्रित राजनीतिभन्दा नीति, विधि, संगठन, जिम्मेवारी र परिणाममुखी कार्यसंस्कृतिलाई प्राथमिकता दिँदै योग्य व्यक्तिलाई उपयुक्त भूमिकामा स्थापित गर्ने यसको दृष्टिकोण छ।
राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनमा अनुभूत हुने आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्नु पार्टीको प्रमुख लक्ष्य हो। त्यसका लागि सक्षम संस्था, प्रभावकारी सार्वजनिक सेवा, इमानदार प्रशासन, नागरिक सहभागिता र दीर्घकालीन राष्ट्रिय हितमा आधारित नीति निर्माणलाई महत्त्व दिइएको छ।
हरित क्रान्तिको अवधारणाअनुसार उत्पादन, ऊर्जा, उद्यमशीलता, कृषि, रोजगारी, प्रविधि र नवप्रवर्तनलाई वातावरणीय दिगोपनसँग जोड्दै प्राकृतिक स्रोत, पर्यटन र मानव पुँजीको जिम्मेवार उपयोगमार्फत आत्मनिर्भर तथा प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गर्नु पार्टीको लक्ष्य हो।
युवा, महिला र विविध समुदायको अर्थपूर्ण सहभागिता, समावेशी नेतृत्व र जनउत्तरदायी संगठनमार्फत उज्यालो नेपाल पार्टीले आशा, अवसर र समृद्धिसहित उज्यालो भविष्यको नेपाल निर्माण गर्ने संकल्प लिएको छ।
Party Leadership
वरिष्ठ नेता
ई. अनुप कुमार उपाध्याय
अध्यक्ष
ई. कुलमान घिसीङ
उपाध्यक्ष
प्रा.डा. महेन्द्र सुन्दर लावती
उपाध्यक्ष
राजेश पोर्तेल
महासचिव
धर्म चौधरी
महासचिव
दिवाकर अर्याल
दिवाकर अर्याल
उपमहासचिव
जितराम लामा
मुख्य सचिव
डा. राजु थापा
सचिव
केदार खड्का

सचिव
रामेश्वर श्रेष्ठ

सचिव
सुमी लामा

कोषाध्यक्ष
भगवती कक्षपती
भगवती कक्षपती

सचिवालय सदस्य
नर बहादुर कार्की
नर बहादुर कार्की

सचिवालय सदस्य
ठम्मर बहादुर बिष्ट
ठम्मर बहादुर बिष्ट

सचिवालय सदस्य
कुशल गुरुङ
कुशल गुरुङ

सचिवालय सदस्य
राजाराम तण्डुकार
राजाराम तण्डुकार

प्रवक्ता
राजेन्द्र अवस्थी
राजेन्द्र अवस्थी

सह–प्रवक्ता
अञ्जु राई

सचिवालय सदस्य
ज्योत्सना सैजु
ज्योत्सना सैजु

सचिवालय सदस्य
मनीषा कुमारी साह
मनीषा कुमारी साह

सचिवालय सदस्य
किशोरी कार्की
किशोरी कार्की

सचिवालय सदस्य
सजिव योङया
सजिव योङया

सचिवालय सदस्य
ज्योतिका राई
ज्योतिका राई
सचिवालयका सदस्यहरू
Secretariat Members of Ujyalo Nepal Party
हाम्रो सचिवालय समितिले देशभरका समर्पित सदस्यहरूलाई एकताबद्ध गर्दछ।
क्र.सं.
नाम
पद
जिल्ला
१
ई. कुलमान घिसीङ
अध्यक्ष
काठमाडौं
२
ई. अनुप कुमार उपाध्याय
वरिष्ठ नेता
डोटी
३
प्रा.डा. महेन्द्र सुन्दर लावती
उपाध्यक्ष
पाँचथर
४
राजेश पोर्तेल
उपाध्यक्ष
इलाम
५
धर्म चौधरी
महासचिव
बर्दिया
६
जितराम लामा
उपमहासचिव
काभ्रेपलाञ्चोक
७
डा. राजु थापा
मुख्य सचिव
काठमाडौं
८
राजेन्द्र अवस्थी
प्रवक्ता
बैतडी
९
केदार खड्का
सचिव
काठमाडौं
१०
रामेश्वर श्रेष्ठ
सचिव
काठमाडौं
Showing १-५ of २४ entries
केन्द्रीय सदस्यहरू
केन्द्रीय कमिटी सदस्यहरु
हाम्रो केन्द्रीय समितिले देशभरका समर्पित सदस्यहरूलाई एकताबद्ध गर्दछ।
क्र.सं.
नाम
जिल्ला
१
ई. कुलमान घिसीङ
काठमाडौं
२
ई. अनुप कुमार उपाध्याय
डोटी
३
प्रा.डा. महेन्द्र सुन्दर लावती
पाँचथर
४
राजेश पोर्तेल
इलाम
५
धर्म चौधरी
बर्दिया
६
जितराम लामा
काभ्रेपलाञ्चोक
७
डा. राजु थापा
काठमाडौं
८
श्रीराम गुरुङ
काठमाडौं
९
केदार खड्का
काठमाडौं
१०
रामेश्वर श्रेष्ठ
काठमाडौं
Showing १-५ of ९७ entries
विभागहरू
पार्टीका विभागहरू
हाम्रा विशिष्ट विभागहरू अझ सबल र समावेशी नेपालका लागि महत्त्वपूर्ण क्षेत्रहरूमा केन्द्रित छन्।